काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले तय गरेका एजेण्डासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।
सचिवालय बैठकले तय गरेका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने एमालेले जनाएको छ। बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाका विषयमा समेत छलफल हुने बताइएको छ।








