५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम

भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन
अ+ अ-

काठमाडौं । भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा रु ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी रु ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो ।

भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयले रजिष्ट्रेसन दस्तुरबापत मात्रै रु १७ करोड १५ लाख २८ हजार ८५४ सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुँजीगत लाभकरबापत रु १३ करोड ४२ लाख ८४ हजार ४९९ र अन्य राजस्व शीर्षकबाट रु ५९ लाख पाँच हजार १४८ सङ्कलन भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार ९३६ वटा लिखत पारित भएका छन् । यस अवधिमा ९८७ वटा नामसारी, ३८४ वटा संशोधन, १८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताउनुभयो ।

जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

त्यस्तै, जग्गा तथा सम्पत्ति कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभकरबाट पनि ठूलो राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको छ ।