५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन

मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य

मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य
अ+ अ-

काठमाडौँ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यले बजारमा आपूर्ति श्रृंखला आएको समस्या र मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिन नहुने बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य परिवर्तनको प्रभाव खुद्रा व्यवासायमा देखिने भएको कारण उपभोक्ता र सञ्चारमाध्यमको आलोचना पनि खुद्रा व्यापारीले नै खेप्नुपरेको बताउनु भयो ।

उहाँले आपूर्ति प्रणालीमा देखिएको समस्याका कारण पुरानो स्टक र नयाँ स्टक एउटै पसलमा फरक पनि मूल्यमा विक्री हुने अवस्था आएको बताउनु भयो ।

उहाँले बजारमा आपूर्ति अभावको गलत सूचना फैलिँदा उपभोक्ताले आवश्यकताभन्दा बढी सामान सञ्चित गर्ने र त्यसले वस्तुको वास्तविक अभाव सिर्जना गर्नेतर्फ सबै पक्ष सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो । अध्यक्ष वज्राचार्यले आपूर्ति प्रणालीमा उत्पादक, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यापारी सबै तहको भूमिका रहने भएकाले समस्या उत्पन्न हुँदा जिम्मेवारी पनि सबै पक्षले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आपूर्ति श्रृंखलाको कुनै एक तहमा समस्या आएको त्यसको प्रभाव समग्र व्यापार चक्रमा पर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खुद्रा पसलमा सामान किन्न गएपछि थाहा पाउने अनि खुद्रा पसलमा किन्न गएपछि महँगो भएपछि गाली खाने को हो त ? खुद्रा व्यापारी नै गाली खाने हो । अहिले यति फास्ट प्राइस चेन्ज भइराखेको छ कि अनि उपभोक्तावादी संस्थाहरुले, पत्रकारले भन्छ ए पसलै पिच्छे भाउ फरक छ भन्छ । अनि मैले भन्ने गर्छु पसलै पिच्छे होइन, मेरै पसलमा पनि दुईटा प्राइज छ, एउटै सामानको भन्छु । अहिले त हरेक चिजमा एमआरपी छ नि त । हुँदा खेरि एक महिना अगाडि आएको सामान छ भने त्यसको २ सय छ भने एक महिना पछि आउँदा खेरि २ सय २५ भइसकेर आउँछ । अब पुरानो सामानमा त मैले बढाए बेच्न मिलेन नि । त्यसकारण पनि यो चक्रमा समस्या आएको छ ।’

बजार अनुगमनमा सम्बन्धित व्यवसायी तथा स्थानीय तहबीच समन्वय नहुँदा निर्दोष व्यवसायी फस्ने गरेको पनि उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल