६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई बिनाकारण वा स्वचालित रूपमा हत्कडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतको संयुक्त इजलासले कुनै व्यक्तिविरुद्ध जाहेरी वा प्रतिवेदन परेको, पक्राउ पुर्जी जारी भएको वा अभियोग लागेको आधारमा मात्र यान्त्रिक वा स्वचालित रूपमा हत्कडी लगाउनु संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नहुने ठहर गरेको हो।

अदालतले पक्राउ परेका व्यक्तिको हकमा हत्कडी प्रयोग आवश्यक छ वा छैन भन्ने विषयमा वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने आदेशमा उल्लेख गरेको छ। त्यस क्रममा सम्बन्धित व्यक्ति भाग्ने वा उम्कने जोखिम, उसको व्यवहार हिंसात्मक भए–नभएको तथा आफू वा अरूलाई क्षति पुर्‍याउन सक्ने सम्भावनासमेत विश्लेषण गर्नुपर्नेछ।

अपरिहार्य परिस्थितिमा मात्र हत्कडी प्रयोग गर्न सकिने र त्यसको अभिलेख राख्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

अदालतले हत्कडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिलाई प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म वा यससम्बन्धमा अन्य कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म अनिवार्य रूपमा हत्कडी नलगाउन र नलगाउनाउन प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ।