५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द
अ+ अ-

टोकियो। टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।

टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो। आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ ।

जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन्। टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवासमेत स्थगित भएका छन्।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार मङ्गलबारसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ । एजेन्सीले आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। यद्यपि, यो आग्रह अनिवार्य भने होइन ।

टाइफुनका कारण हालसम्म एक व्यक्ति सामान्य घाइते भएका छन् भने नौ घरमा क्षति पुगेको बताइएको छ ।

आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ सोमबार निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिबामै आयोजना हुने भनिएको ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ। कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ ।  (रासस/एएफपी)