५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन

आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन
अ+ अ-

आयोवा, अमेरिका । नेपालमा हालै आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षतिप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको आयोवामा नेपाली समुदायले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिएको छ।

विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन पूर्वी आयोवा नेपाली समाज  र गैरआवासीय नेपाली संघ (एनआरएनए) आयोवाको संयुक्त आयोजनामा सेप्टेम्बर १२ मा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्व, परिवार तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरू नेपाली मौलिक पोशाकमा उपस्थित भई मैनबत्ती प्रज्वलन गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। स्थानीय सञ्चारमाध्यमले समेत कार्यक्रममा उपस्थित भई समाचार तथा दृश्य सामग्री संकलन गरेका थिए।

कार्यक्रमबारे राजेन्द्र सेढाईंले जानकारी दिनुका साथै कार्यक्रमका तस्बिरसमेत उपलब्ध गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन एनआरएनए आयोवाका अध्यक्ष विधान पोखरेलले गर्नुभएको थियो।

समाजका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालका अनुसार नेपाली समुदायका सदस्यहरू उल्लेखनीय संख्यामा नेपाली पोशाकमा सहभागी भई विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रमका क्रममा विपद् प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ५ हजार ५८ अमेरिकी डलर सहयोग रकम संकलन भएको छ। साथै, समुदायका धेरै सदस्यले आफ्नो तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत प्रत्यक्ष आर्थिक सहयोग पठाएका छन्।

एसियाली महोत्सवमा नेपाली मःमको बिक्री

यसै अभियानलाई निरन्तरता दिँदै आउँदो शनिबार आयोजना हुने एसियाली महोत्सवमा समाज र एनआरएनएको संयुक्त पहलमा नेपाली स्टल सञ्चालन गरिने भएको छ। उक्त स्टलमा नेपाली लोकप्रिय परिकार मःम बिक्री गरिनेछ।

समाजका अध्यक्ष शंकर बरालका अनुसार मःम बिक्रीबाट प्राप्त हुने नाफाको २५ प्रतिशत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोगस्वरूप पठाइनेछ।

यस अभियानका लागि नेपाली समुदायका सदस्यहरू विगत एक–दुई महिनादेखि प्रत्येक शुक्रबार र शनिबार मःम बनाउने तयारीमा जुट्दै आएका छन्। समाजकी सदस्य रचना श्रेष्ठका अनुसार अभियानमा समुदायका धेरै सदस्यले आफ्नो समय र श्रम स्वेच्छिक रूपमा प्रदान गर्दै आएका छन्।

मैनबत्ती प्रज्वलन कार्यक्रमदेखि एसियाली महोत्सवसम्म नेपाली समुदायले नेपालमा परेको विपद्प्रति ऐक्यबद्धता जनाउँदै विभिन्न माध्यमबाट राहत तथा सहयोग जुटाउने प्रयास गरिरहेको छ।

अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव, सहभागी परिवार, स्वयंसेवक तथा आर्थिक सहयोगदाताप्रति EINS र एनआरएनए आयोवा परिवारले आभार तथा धन्यवाद व्यक्त गरेको छ।