५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी

सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ

सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ
फाइल फोटो
अ+ अ-

बाँके। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले आफ्नो सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन सुरु गरेको छ ।

आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका शाखा, उपशाखा, प्रशाखाका जल उपभोक्ता किसानको लगत सङ्कलनका लागि स्थानीय जनप्रतिनिधिको र किसानसँग छलफल सुरु गरेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो ।

उहाँका अनुसार सिँचाइ सुविधाका लागि सिञ्चित क्षेत्रका किसानलाई सदस्यता प्रदान गर्न अहिले लगत सङ्कलन कार्य भइरहेको छ । यही असोजभित्र बाँकी रहेको लगत सङ्कलन पनि सक्ने गरी काम भइरहेको छ ।

“सिँचाइ सेवा लिनका लागि जल उपभोक्ता सदस्य अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो, “लगत सङ्कलनकै आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधारको काम गर्नेछ ।”

हालसम्म आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा, पर्सेनीपुर शाखा र पूर्वी मूल नहरअन्तर्गत राजकुलो, फत्तेपुर शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिनुहुने वा भविष्यमा लिने सम्पूर्ण किसान वर्ग तथा सरोकार भएका निकायका प्रतिनिधि र जनप्रतिनिधिसँग लगत सङ्कलनका लागि छलफल गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

किसानको घरदैलोमा लगत सङ्कलनकर्ता पुग्दा आफ्नो सही विवरण उपलब्ध गराउन अनुरोध गर्दै निर्देशक आचार्यले भन्नुभयो, “किसानको लगत आयोजनासँग भएमा कति पानी किसानलाई आवश्यक हुन्छ भन्ने जानकारी भई सोही आधारमा नहरमा पानी दिन सजिलो हुने भएकाले लगत उपलब्ध गराउनु होला ।”

आयोजनाको आगामी योजना निर्माणमा सहज होस् भनेर आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरिरहेको आयोजनाको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले पूर्वी नहरको किसान लगत सङ्कलन करिव अन्तिम चरणमा पुगेको बताउनुभयो ।

आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मतसम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ ।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभयो । रासस