१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन
अ अ+ अ-

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रासंस्मरण ‘परदेश र अनुभूति’ को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अमेरिकाको आयोजनामा भएको कार्यक्रममा नेपाल, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकबाट साहित्यकार, विद्वान् तथा साहित्यप्रेमीहरूको प्रत्यक्ष एवं भर्चुअल सहभागिता रहेको थियो।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेतको सभापतित्व तथा एनआरएनए अमेरिका, भाषा–साहित्य समितिका अध्यक्ष एवं साहित्यकार राजेन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’, म्यारिल्याण्ड राज्यसभाका विधायक डा. ह्यारी भण्डारी तथा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माको विशेष उपस्थिति थियो।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा, उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा र ददीन पाण्डेले संयुक्त रूपमा ‘परदेश र अनुभूति’ को विमोचन गर्नुभएको थियो।

साहित्यकार डा. ऋषि बस्ताकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा डा. बस्ताकोटीले कृतिकार प्रा. मरहट्टाको साहित्यिक तथा प्राज्ञिक परिचय प्रस्तुत गर्नुभएको थियो भने प्रभा पोखरेलले कृतिमा समावेश केही कविता वाचन गर्नुभएको थियो।

कृतिमाथि कविद्वय उमा शर्मा र डा. शरद पराशर मरहट्टाले समीक्षा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रा. केशव सुवेदी, प्रा. डा. जगतप्रसाद उपाध्याय, कपिल खनाल, डा. ह्यारी भण्डारी, पदम विश्वकर्मा, ददीन पाण्डे, हरिहर अर्याल, केदारनाथ खनाल, डा. प्रभा कैनी, ईश्वर देवकोटा, डा. बालकृष्ण शर्मा तथा परिवारका तर्फबाट पुस्तकका प्रकाशक विश्वनाथ मरहट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले प्रा. मरहट्टाको दीर्घ साहित्यिक साधना, प्राज्ञिक योगदान तथा नेपाली भाषा–साहित्यप्रतिको समर्पणको चर्चा गर्दै कृति प्रकाशनका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’ले प्रा. मरहट्टाको विद्वत् परम्परा, साहित्यिक साधना तथा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो।

कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रा. शिवहरि मरहट्टालाई सम्मानपत्रसमेत प्रदान गरेको थियो। सम्मानपत्रमा नेपाली तथा संस्कृत भाषाको अध्यापन, अनुसन्धान र लेखनका माध्यमबाट नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरिएको थियो।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्यालले कृति प्रकाशनका लागि प्रा. मरहट्टालाई बधाई ज्ञापन गर्दै उहाँको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। उहाँले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता साहित्यिक गतिविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

कृतिकार प्रा. शिवहरि मरहट्टाले कार्यक्रममा सहभागी अतिथि, वक्ता, समीक्षक, आयोजक, प्रकाशक, परिवारजन, शुभेच्छुक तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रम सभापति गीता बस्नेतको मन्तव्यसँगै समापन भएको थियो।