२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन

प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन
अ अ+ अ-

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रासंस्मरण ‘परदेश र अनुभूति’ को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अमेरिकाको आयोजनामा भएको कार्यक्रममा नेपाल, अमेरिका, फ्रान्सलगायत विभिन्न मुलुकबाट साहित्यकार, विद्वान् तथा साहित्यप्रेमीहरूको प्रत्यक्ष एवं भर्चुअल सहभागिता रहेको थियो।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेतको सभापतित्व तथा एनआरएनए अमेरिका, भाषा–साहित्य समितिका अध्यक्ष एवं साहित्यकार राजेन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’, म्यारिल्याण्ड राज्यसभाका विधायक डा. ह्यारी भण्डारी तथा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माको विशेष उपस्थिति थियो।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा, उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा र ददीन पाण्डेले संयुक्त रूपमा ‘परदेश र अनुभूति’ को विमोचन गर्नुभएको थियो।

साहित्यकार डा. ऋषि बस्ताकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही अवसरमा डा. बस्ताकोटीले कृतिकार प्रा. मरहट्टाको साहित्यिक तथा प्राज्ञिक परिचय प्रस्तुत गर्नुभएको थियो भने प्रभा पोखरेलले कृतिमा समावेश केही कविता वाचन गर्नुभएको थियो।

कृतिमाथि कविद्वय उमा शर्मा र डा. शरद पराशर मरहट्टाले समीक्षा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रा. केशव सुवेदी, प्रा. डा. जगतप्रसाद उपाध्याय, कपिल खनाल, डा. ह्यारी भण्डारी, पदम विश्वकर्मा, ददीन पाण्डे, हरिहर अर्याल, केदारनाथ खनाल, डा. प्रभा कैनी, ईश्वर देवकोटा, डा. बालकृष्ण शर्मा तथा परिवारका तर्फबाट पुस्तकका प्रकाशक विश्वनाथ मरहट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले प्रा. मरहट्टाको दीर्घ साहित्यिक साधना, प्राज्ञिक योगदान तथा नेपाली भाषा–साहित्यप्रतिको समर्पणको चर्चा गर्दै कृति प्रकाशनका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की ‘निहारिका’ले प्रा. मरहट्टाको विद्वत् परम्परा, साहित्यिक साधना तथा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो।

कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रा. शिवहरि मरहट्टालाई सम्मानपत्रसमेत प्रदान गरेको थियो। सम्मानपत्रमा नेपाली तथा संस्कृत भाषाको अध्यापन, अनुसन्धान र लेखनका माध्यमबाट नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरिएको थियो।

प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्यालले कृति प्रकाशनका लागि प्रा. मरहट्टालाई बधाई ज्ञापन गर्दै उहाँको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। उहाँले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता साहित्यिक गतिविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

कृतिकार प्रा. शिवहरि मरहट्टाले कार्यक्रममा सहभागी अतिथि, वक्ता, समीक्षक, आयोजक, प्रकाशक, परिवारजन, शुभेच्छुक तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रम सभापति गीता बस्नेतको मन्तव्यसँगै समापन भएको थियो।