१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु



In this pool photograph distributed by the Russian state agency Sputnik, Russia’s President Vladimir Putin and Indian Prime Minister Narendra Modi walk prior to an informal dinner at Modi’s residence in New Delhi on December 4, 2025, the first day of the Russian leader’s two-day state visit to India. (Photo by Alexander KAZAKOV / POOL / AFP)
अ+ अ-

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ ।

यो २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो । दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य तथा २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य मुख्य एजेण्डा रहेका बताइएको छ ।

भेटअघि प्रधानमन्त्री मोदीले फेरि भारत शान्तिको पक्षमा रहेको र युक्रेन युद्धको सन्दर्भमा आफ्नो सन्तुलित अडान स्पष्ट रहेको बताउनु भयो । दुवै नेताबीच विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने गरी दर्जनौँ सम्झौता भएका छन् ।