६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति
अ+ अ-

जानकी । “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाउनुभएको थियो । ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ’ भन्ने मूल नारालाई एजेन्डा बनाएर जेनजीहरूले गरेको आन्दोलनमा सुलभलाई गुमाउँदाको पीडालाई राजनले गहिरो भावमा व्यक्त गर्दै भन्नुहुन्छ, “उनी सधैँ आफ्नो परिवार र साथीको हेरचाहमा तत्पर रहन्थे । पढाइमा अब्बल, खेलकुदमा सक्रिय र मिलनसार थियो ।”

अमेरिका पढ्न जाने तयारी गरेका सुलभले नेपालमै केही गर्ने सपना बोकेको बताउनुहुन्छ सुलभको ठूलोबुबा राजन श्रेष्ठ । “बाँकीको पढाइ पूरा गर्नका लागि उनी अमेरिका जाने तयारी गरेको थियो । र अमेरिका पढाइ सकेर नेपालमै फर्कने उनको योजना हामीलाई सुनाएका थिए ।” नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेका सुलभको सपना अन्ततः आन्दोलनमा लागेको गोलीले चकनाचुर पारिदियो । ठूलोबुबा राजनका अनुसार गोलीले सुलभको सपना मात्रै होइन, घरको भविष्य र देशको सम्भावना दुवै तोडिदियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका सुलभ एक साधारण परिवारमा जन्मिनुभएका २३ वर्षीय युवा हुनुहुन्थ्यो । एउटा शिक्षित परिवारमा जन्मिएका सुलभको हुर्काइबढाई असाधारण सम्भावनासहित अघि बढ्दै थियो तर आन्दोलनमा रोपिएको गोलीले केबल एक युवा जीवनको अन्त्य मात्र गरेन, एउटा परिवार, एउटा सहर, अनि देशको भविष्यमा गहिरो घाउ कोरिदियो ।

सुलभका कुरा गर्दैगर्दा ठूलोबुबा राजनको आवाज अझै काँपिरहेको थियो । सुलभ बाबुआमाका एकमात्र सन्तान हुनुहुन्थ्यो । नर्सरीदेखि १० कक्षासम्म भेरी इङ्लिस मिडियम बोर्डिङ स्कुल नेपालगञ्जमा नै पढ्नु भएको थियो । त्यसपछि काठमाडौँ इञ्जिनियरिङ कलेजबाट इञ्जिनियरिङ गर्नुभयो । “सुलभले नेपालमै केही गर्छु भन्थ्यो”, नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बस्दै आएका आर्यन श्रेष्ठ सुलभका साथी हुनुहुन्छ भने नातामा भाइ पर्नुहुन्छ ।

लुम्बिनी विश्वविद्यालयमा स्नातक तहमा इञ्जिनियरिङ पढ्दै गर्नुभएका आर्यन भन्नुहुन्छ, “हामी दुई नातामा दाजु भाइ भए पनि हामीबीच साथीको सम्बन्ध बढी थियो । आर्यन भन्नुहुन्छ, “सुलभ सहयोगी, नम्र, असाधारण अनुशासनमा हुर्किएका मान्छे थिए । उनी विदेश पलायनमा होइन, नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए । देशकै भविष्य बनाउने योजना थियो तर अब त्यो देश–बनाउने हात अस्तायो ।” आर्यनले गम्भीर स्वरमा थप्नुभयो, “सुलभको मृत्युले नेपालगञ्जको एक परिवार मात्रै रोएको छैन, सिङ्गो नेपालले आफ्नो सम्भावना गुमाएको छ । कुनै देशका सपना बन्दुकको आवाजले मर्नु हुँदैन ।”

सुलभका भाइ आर्यनका अनुसार सुलभ सधैँ आफ्नो परिवार र साथीप्रति सहयोगी भावनाको हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “दाजु पढाइमा अब्बल थिए । सबैलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । उहाँ खेलकुदमा सक्रिय र मिलनसार हुनुहुन्थ्यो ।” आफ्नो उमेरमा नेतृत्व देखाउने यस्तो क्षमता भएको युवक गुमाएको पीडा जीवनभरि भइरहने आर्यन बताउनुहुन्छ । सुलभको भावि योजनाका विषयमा आर्यन भन्नुहुन्छ, “उहाँमा केबल सफल हुने लक्ष्य मात्र थिएन, सधैँ आफ्नै देशमै केही परिवर्तन गर्नुपर्छ भनेर हामीसँग भनिरहनुहुन्थ्यो ।” सुलभको अमेरिका पढ्न जाने योजना थियो, तयारी पनि थियो तर त्यहाँ नबस्ने योजना रहेको उहाँले सुनाउनुभयो । आर्यन भन्नुहुन्छ, “उहाँ हाम्रो आशा, हाम्रो भविष्य, हाम्रो देशको सम्भावना हुनुहुन्थ्यो । तर आन्दोलनमा लागेका ती केही सेकेन्डका गोलीले उहाँको सपना र सम्भावना दुवै च्यातिदियो ।”

आर्यनले जस्तै सोही वडाका वडाध्यक्ष प्रमोद रिजालले पनि सुलभ वडाकै गर्व गर्न लायक युवा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षतिले हाम्रो मात्रै होइन, देशकै सम्भावनामा क्षति पुगेको छ ।” सुलभको निधनले हामीलाई बाँचुन्जेल मर्माहित बनाइरहनेछ । मेहनती, अनुशासित र भावी नेतृत्व देखिने जस्ता युवामध्ये एक थिए । यस्तो सम्भावना बोकेको युवा हामीबाट हिंसात्मक घटनामा खोसिनु हाम्रो वडामात्र होइन, सिङ्गो देशकै क्षति हो ।”

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सुलभलाई सम्झँदै नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापामगर भन्नुहुन्छ, “भगवान्ले नै राम्रो मान्छे छान्नुहुदो रहेछ । ” एउटै टोलवासीको नाताले पूर्वउपमेयर थापाले सुलाभलाई एउटा इमान्दार विद्यार्थी मात्र नभई इमान्दार युवकका रूपमा चिन्ने गरेको बताउनुभयो । उहाँले राज्यले सुलभ मात्र होइन, सबै सहिद परिवारलाई पैसा दिएर पीडा पखाल्न नसकिने पनि बताउनुभयो । “वास्तविक मल्हम त न्याय हो, पीडाको गहिराइ बुझेर दिएको न्यायले नै सम्पूर्ण सहिद परिवारको घाउमा मलम लाग्नेछ”, उहाँले भन्नुभयो । रासस