११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक
अ अ+ अ-

त्रिशूली (नुवाकोट): नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन ९सिन्दूरे जात्रा० को विशेष रौनक जारी छ । जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उहाँको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ रु भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ ।

सोमबार राति बूढीदेवता मन्दिर र भैरवीदेवी मन्दिरमा लिङ्गो उठाएसगैँ सुरु भएको जात्राको विशेष रौनक आगामी बिहीबार सिन्दूर खेलेर हर्षबढाइँको साथ जारी रहन्छ । धार्मिक तथा सांस्कृतिक परम्परासहित ठूलो पर्वको रुपमा मनाइने यस जात्रा गत फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । जात्राको विशेष रौनक सोमबारसाँझदेखि सुरु भएर बिहीबारसम्म चल्ने नुवाकोट दरबार मौला अमालका प्रतिनिधि द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँको अनुसार स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट बयालिस हात लामो सल्लाका लिङ्गो मङ्गलबार बिहान बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको छ । भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा पुराइने गरिन्छ ।

“फागुपूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो सरकारी जात्रा हो”, द्धारे शाहीले भन्नुभयो, “लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा जीवित पशुको बलि ग्रहण, राष्ट्रको नाममा गोप्य भविष्यवाणी, देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्धारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।”

८६ वर्षीय धामी डङ्गोलले जालपादेवी मन्दिरमा मङ्गलबारमध्ये रातमा जीवित पशुको बलि खाएपश्चात् गर्ने गोप्य भविष्यवाणीलाई राष्ट्र प्रमुखसमक्ष पठाइने भएकाले यसलाई विशेष महत्वको रुपमा लिइन्छ ।

धामीले गर्ने भविष्यवाणी राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष जाहेर गरिने द्धारे शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार धामीले गोप्यरुपमा गरेको भविष्यवाणी द्धारेसहित गुभाजु र बाह्रभाइखलकलाई मात्र थाहा हुनेछ । “धामीले गर्ने भविष्यवाणीलाई सदियौँँ वर्षअघिदेखिको परम्पराअनुसार राष्ट्रप्रमुखले गम्भीरतापूर्वक लिनुहुन्छ”, उहाँले भन्नुभयो, “भविष्यवाणीअनुसार आगामी वर्ष मुलुकमा हुने अशुभको सङ्केत भएमा राष्ट्र प्रमुखबाट क्षमा पूजा पठाउने तथा आफैँ उपस्थित भएर पुर्जा गर्ने चलन छ ।”

जात्राको अवसरमा विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिर र नुवाकोटस्थित भैरवीदेवी मन्दिरमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । बहिनी भैरवीदेवीको मुकुटसहितको रथयात्रा दिदी जालपादेवीको मन्दिरमा पुर्‍याइने हुँदा भैरवी र जालपाको एकै स्थानमा दर्शन गर्न र भैरवीको मुकुटसहितको रथयात्राको अवधिभर भैरवीको मुख्य शिलामा दर्शन गर्न पाइने हुँदा यस अवसरमा धर्मावलम्बीको चहलपहल हजारौँको सङ्ख्यामा हुने गर्दछ ।रासस