काठमाडाैँ । अविरल वर्षाका कारण अछामको पहलमान सिंह स्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।
चौरपाटी गाउँपालिका–६ दुनीमा आज बिहान सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पवीन्द्र बमले जानकारी दिनुभयो ।
भासिएको सडक तत्काल मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायात सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा समेत पहिरो तथा सडक भासिने समस्या देखिन थालेपछि यातायात सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।