११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध

गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध
अ अ+ अ-

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गण्डकी प्रदेशसहित देशभरको जनजीवन प्रभावित भएको छ। बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको हो। पुल बगेसँगै दुई जिल्लाबीचको आवागमन प्रभावित भएको छ।

निरन्तरको वर्षाका कारण गण्डकी प्रदेशका प्रमुख नदी तथा खोलामा जलसतह बढेर खतराको तह पार गरेको छ। पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला तथा म्याग्दी क्षेत्रमा नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीपहिरोका कारण बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलगायतका प्रमुख तथा सहायक सडक अवरुद्ध भएका छन्।

तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा खण्डमा खसेको पहिरो हटाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले काम गरिरहेको छ।

यसैबीच, विपद्को जोखिम बढेपछि सुरक्षा निकायले पूर्वतयारी तथा उद्धारका लागि आवश्यक व्यवस्थापन तीव्र पारेका छन्। पर्वतको घारखोला क्षेत्रमा नदीको बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोस्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङलगायत क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको छ।

सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्।