चितवन । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आइतबार बिहान करिब ११ः२० बजे नाम्सी खोला पुलमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण सडकमा सवारीसाधन आवागमन रोकिएको छ। सडक डिभिजन भरतपुरले मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाउने काम गरिरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने जनाइएको छ।








