मनाङ । निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ।
पहिरोका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको बताइएको छ।
अवरुद्ध विद्युत् सेवा सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू आवश्यक उपकरणसहित प्रभावित क्षेत्रमा खटिएका छन्। टोलीले पहिरोका कारण क्षति पुगेका संरचनाको निरीक्षण तथा मर्मतको काम गरिरहेको जनाइएको छ।
वर्षाका कारण सडक तथा अन्य भौतिक संरचनामा समेत असर परेकाले विद्युत् सेवा नियमित गर्न केही समय लाग्न सक्ने बताइएको छ।








