काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।