समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
न्यूजपोलार ११ आश्विन २०८३, आईतवार १०:१०
काठमाडाैँ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।
आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेपछि करिब ८० घर रहेको बस्तीका २५ घर बगेका हुन् । नदीको बहावका कारण अन्य घरसमेत जोखिममा परेका छन् ।
घटनामा मानवीय क्षति भने भएको छैन । बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
NewsPolar