११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध

बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध
अ अ+ अ-

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण देशका विभिन्न स्थानमा विद्युत उत्पादन र प्रसारण प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण करिब १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ ।

आश्विन ८ गतेदेखि सुरु भएको न्यूनचापीय मनसुनका कारण देशभर भइरहेको वर्षा र बाढीले विभिन्न प्रसारण लाइनमा क्षति पुर्‍याएपछि विद्युत उत्पादन तथा आपूर्तिमा असर परेको हो ।

बाढीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा विद्युत उत्पादन केन्द्रबाट करिब ३७० मेगावाट विद्युत उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका थप १४ वटा विद्युत उत्पादन केन्द्रमा नदीको अत्यधिक बहावका कारण करिब ६३० मेगावाट उत्पादन बन्द भएको छ । यसरी बाढीका कारण प्रणालीमा करिब १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको हो ।

विद्युत उत्पादनमा आएको कमीका कारण आपूर्ति प्रणाली सन्तुलनमा राख्न केही उद्योगको विद्युत खपत घटाएर व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत केन्द्रको स्वीचयार्डमा कालीगण्डकी नदीले कटान गरी क्षति पुर्‍याएको छ । बाढी तथा पहिरोबाट अन्य स्थानमा भएको क्षतिको विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

कुलेखानीस्थित इन्द्रसरोवर जलाशयको पानीको सतह पनि बढेको छ । आइतबार दिउँसो १ बजेसम्म जलाशयको पानीको सतह १ हजार ५२६ दशमलव ४२ मिटर पुगेको प्राधिकरणले जनाएको छ ।

जलाशयको सतह सुरक्षित तहमा कायम राख्न कुलेखानी जलविद्युत आयोजना २४ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । जलाशयको सतह थप बढेमा अपनाउनुपर्ने आवश्यक सुरक्षात्मक उपायका लागि सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।