११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’

चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनामाथि जेनजी अभियन्ता रक्षा बमले प्रश्न उठाएकी छन्।

बमले सामाजिक सञ्जालमार्फत जबरालाई पक्राउ गर्दा पक्राउ पुर्जी नलिइएको र सुरक्षा जोखिमको कारण देखाइएको भन्दै सरकार तथा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

‘दुई तिहाइको सुरक्षा दिने तरिका पनि गज्जबकै रहेछ,’ उनले लेखेकी छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जेनजीबाट सुरक्षा थ्रेट भयो भनेर मध्यरातमा पक्राउ पुर्जीबिनै लगिएको रहेछ।’

उनले ‘जेनजी’ कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै प्रश्न गरेकी छन्। ‘शक्तिको मातमा आफूखुसी पक्राउ गर्ने, मनलाग्दी आरोप लगाउने, न विधि मान्ने न प्रक्रिया मान्ने, अनि कारण के भन्दा जेनजी रे,’ बमले लेखेकी छन्।

उनले सुरक्षा थ्रेटको आधार र प्रमाण सार्वजनिक गर्नसमेत माग गरेका छन्। ‘यदि जेनजी कुनै संगठित सुरक्षा खतरा हो भने त्यसको प्रमाण कहाँ छ ? र यदि छैन भने, यो सरासर दुई तिहाइको शक्तिको डर देखाएर पक्राउ गरेको हो, अरू केही होइन,’ उनले भनेकी छन्।

बमले राजनीतिक दाउपेच मिलाउन नसकेर मध्यरातमा पक्राउ गर्ने र त्यसको कारणमा ‘जेनजी’को नाम प्रयोग गरिएको आरोपसमेत लगाएकी छन्।

‘हाम्रा सुरक्षा निकायको कतिसम्म दुरुपयोग गरिरहेको सरकार? नगर प्रहरी चलाए जसरी चलाउँछु भन्ने सोच्नुभयो क्या हो?’ उनले प्रश्न गरेकी छन्।