११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी

नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग
अ अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ ।

नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालको संविधानले सङ्घीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि सङ्घीय ढाँचामा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तरराष्ट्रिय दायित्वसमेत पूरा गर्न सहयोग पुग्नेछ । विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ ।

मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।