११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली

कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
अ अ+ अ-

काठमाडौं । कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडी कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो । करिब १०० मिटर तटबन्ध बाढीले भत्काएर कटान गरेको हो ।

तटबन्ध र कुनातर्फ बनाइएको सडक बाढीले भत्काएको छ । जोखिममा परेका घरका बासिन्दा र सामानलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । उक्त ठाउँमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक बनाएका थिए ।

कालीपुलका बासिन्दाहरु राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आएर बसेका थिए । थप क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास छ । बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बाढीको सतहले खतराको तह पार गरेको छ ।

सदरमुकाम बेनीदेखि प्रदेश र सङ्घीय राजधानी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध छ । शनिबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ । बेनीमा खानेपानीको आपूर्ति हुन सकेको छैन । बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सडक पनि अवरुद्ध भएको छ ।