११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
अ अ+ अ-

काठमाडौँ। निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनःसञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका-६ मा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि बिहानदेखि आवागमन अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरी सडकमा खसेको पहिरो हटाएपछि दिउँसोदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अलपत्र परेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

यता बिहानैदेखि अवरुद्ध डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१ मा खसेको पहिरो हटाएपछि सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले बताउनुभयो ।

सडकमा ढुङ्गा माटोसहितको पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्डबाट पहिरो हटाएपछि अहिले कुनै अवरोध नरहेको र सवारीसाधन सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । बेँसीसहर-चामे सडकखण्डका विभिन्न स्थानमा भने पहिरो गएकाले सडक अवरुद्ध कायमै छ । सूचना अधिकारी विष्टका अनुसार धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन समय लाग्ने देखिन्छ । –