११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
अ अ+ अ-

काठमाडौं । लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ ।

महाकाली नदीमा आज गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज (बनवासा पुल) मा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

मोटरसाइकललगायत साना सवारीसाधन मात्रै सञ्चालन गर्न दिएको छ । करिब १०० वर्ष पुरानो बनवासा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको हो । प्रवक्ता रावतका अनुसार निरन्तर वर्षासँगै महाकालीमा पानीको बहाव बढिरहेकाले सर्तकता अपनाउन तटीय क्षेत्रका नागरिकलाई अनुरोध गरिएको छ । अहिले पुलमा दुवैतर्फ ठूला सवारीसाधन सञ्चालन गर्न दिइएको छैन ।

त्यसैगरी भारी वर्षा भएर जनधनको क्षति हुन सक्ने आँकलनपछि विपद् पूर्वतयारी अनुरुप दुई दिनदेखि कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट चल्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण काठमाडौैँ, पोखरालगायत लामो दुरीका यात्रुवाहक बस सञ्चालन नभएको बताउनुभयो ।

“धनगढी÷महेन्द्रनगरलगायत छोटो दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन पठाइएको छैन । पहाडमा लगातारको वर्षाले पहिरोको जोखिम छ ।”