काठमाडौं । निरन्तरको वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम सफा देखिएको छ। वर्षापछि बतासे डाँडाबाट देखिएको काठमाडौं उपत्यकाको मनोरम दृश्यले वातावरण थप आकर्षक बनेको छ।
वर्षाका कारण केही दिनदेखि धुम्म देखिएको उपत्यका आकाश खुलेसँगै स्पष्ट देखिन थालेको हो। बतासे डाँडाबाट काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र तथा आसपासका डाँडाकाँडा समेत सफा रूपमा देखिएका छन्।
वर्षापछि खुलेको मौसमसँगै उपत्यकाको प्राकृतिक सौन्दर्यसमेत थप मनमोहक देखिएको छ।
तस्विर: नेपाल फोटो सर्भिस (NPS)















