११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल
अ अ+ अ-

काठमाडौं । जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने र बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जुनसुकै मौसममा पनि सुरक्षित रहने स्थान छनोट गरेर ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो । मनसुनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर नेपालको पर्यटन क्षेत्रको पुनःपरिकल्पना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

डा. दाहालले क्लाउडबर्स्ट, अत्यधिक वर्षा तथा नदीमा आउने बाढीजस्ता स्थानीय मौसमी घटनाको पूर्वानुमान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । हिमालबाट बग्ने नदीका किनारमा रहेका बस्ती तथा पर्यटकीय क्षेत्रसमेत जोखिममा पर्नसक्ने भएकाले नयाँ सुरक्षा मापदण्ड बनाउनुका साथै जोखिम क्षेत्रको पुनःरेखांकन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

परम्परागत पूर्वतयारीले चरम जलवायुजन्य विपद्को सामना गर्न नसक्ने भन्दै उहाँले पर्यटन क्षेत्रका लागि गतिशील सुरक्षा मापदण्ड आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब सुरक्षित पर्यटन गन्तव्य परिभाषित गर्दा ठूला पूर्वाधार विकासका लागि जुनसुकै मौसममा सुरक्षित रहने स्थल छनोट गर्नुपर्छ । यस किसिमको गतिशील सुरक्षाको मापदण्ड हामीले अपनाउनुपर्ने हुन्छ ।”

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको भन्दै उहाँले मध्यपहाड र तराईका क्षेत्रमा समेत यसको प्रभाव देखिन थालेकाले पर्यटन योजना निर्माण गर्दा सबै भौगोलिक क्षेत्रका जोखिमलाई समेट्नुपर्ने बताउनुभयो ।

उहाँले जलवायुसम्बन्धी उपलब्ध सूचना, वैज्ञानिक ज्ञान र पूर्वानुमान क्षमताको उपयोग गर्दै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।