११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
अ अ+ अ-

काठमाडौं । अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भू–भाग प्रभावित भएको छ ।

सो नदीमा पानीको बहाव बढेसँगै तटबन्ध आसपासका क्षेत्रमा कटान भइरहेकाले तटबन्ध भत्की नदीको पानी बस्ती तथा खेतीयोग्य जमिनमा पस्नसक्ने जोखिम बढेको छ । यसैबीच, निरन्तरको वर्षासँगै आएको बाढीले स्थानीय जनजीवन प्रभावित भइरहेको अवस्थामा जिल्ला प्रशासन तथा स्थानीय जनप्रतिनिधि सम्मिलित टोलीले आजै जोखिम क्षेत्रको अवलोकन गरी बाढी प्रभावित स्थानीयलाई आश्वस्त रहन अनुरोध गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहित सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साहलगायत जनप्रतिनिधि सम्मिलित टोलीले तटबन्ध तथा कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी बाढी प्रभावित क्षेत्रको जनतासँग आज छलफल गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले मर्यादपुरस्थित लालबकैया नदीको तटबन्ध भत्किएमा मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहित आसपासका बस्ती प्रभावित हुनसक्ने भनी सचेत गराउँदै प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थासहित आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरी तटबन्धको अवस्था तथा नदीको बहावबारे निरन्तर अनुगमन गर्न निर्देशन दिएको जानकारी दिँदै वर्षाको समयमा सचेत र सजग रहन प्रभावित क्षेत्रका जनतासँग अनुरोध गर्नुभयो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध पनि कटानमा परेकाले त्यसबाट प्रभावित आसपासका क्षेत्रसहित सदरमुकाम गौरसम्मका जनतालाई पनि सजकता अपनाउन अनुरोध गरेको छ ।