११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
अ अ+ अ-

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो । विपद्का घटनामा परी सात जना सम्पर्कविहीन छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता भएका छन् ।

प्राधिकरणले सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि सोही आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पूर्वतयारी तथा उद्धारका लागि परिचालन गरिएको प्रवक्ता महतले बताउनुभयो ।

उहाँका अनुसार जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट जारी भएका क्षेत्र पहिचान गरी पूर्वतयारीका काम अघि बढाइएको छ । विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा पदयात्रीलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको प्राधिकरणले जनाएको छ । विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराउन अंग्रेजी भाषामा समेत सूचना जारी गरिएको थियो ।

प्राधिकरणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदानप्रदान गरिरहेको जनाएको छ । ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित सूचना संकलन तथा सम्प्रेषण भइरहेको छ ।

प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढ्नुका साथै कटानको जोखिमसमेत बढेको महतले बताउनुभयो । नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको प्रभाव देखिएको छ ।

नवलपरासीमा १ हजार १ सयभन्दा बढी सुरक्षित स्थानमा

प्राधिकरणका अनुसार नवलपरासी क्षेत्रमा मात्रै १ हजार १ सयभन्दा बढी मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै अन्य जोखिमयुक्त क्षेत्रमा समेत पूर्वानुमानका आधारमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

पर्वतमा केही घर बाढीले बगाए पनि जोखिमयुक्त बस्तीका बासिन्दालाई अघिल्लो बेलुका नै सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुन नपाएको महतले बताउनुभयो ।

म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा उद्धार तथा सुरक्षित स्थानान्तरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदामसँगै प्राधिकरणको केन्द्रीय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता महतका अनुसार तत्कालको जोखिम भने टरिसकेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्नुका साथै बाढी र पहिरोको जोखिम कायम रहेको उहाँले बताउनुभयो ।