२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीका ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर ५० हजार पाँच सय २४ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य सात दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार दुई सय ९५ बराबरको पाँच लाख २७ हजार नौ सय २६ कित्ता शेयर किनबेच भएको छ ।