४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर
अ+ अ-

काठमाडौँ । नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीवर अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयो ।

चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा श्ुरु गर्न सहयोग गर्ने प्रतिव्द्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ । सम्झौताअनुसार चीनले बीपी कोईराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोग वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो ।

उहाँले नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमाआपसी सहयोग र मित्रतालाइ थप सुदृढ बनाउने बताउनु भयो । उहाँले चीनका राष्ट्रपति सी जिन पिङले ५ वर्षअघि गरेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पु¥याएको बताउनु भयो । उहाँले उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्यवन हुन बाँकी भएको भन्दै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी वृद्धि भइरहेको भन्दै आगामी दिनमा थप सहायता र लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले नेपालले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको भन्दै नेपालमा चिनियाँ लगानी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले रिङरोड दास्रो खण्डको सडक आयोजनाका विषयमा कानून निर्माण लगायतका काम बाँकी भएकाले सम्झौता सम्भव नभएको भन्दै चाँडै सम्झौता गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ चीनका राष्ट्रपति सी जिनपिङ सन् २०१९मा नेपाल भ्रमणमा आउँदा ३.५ अर्ब आरएमबी सहयोगको घोषणा भएको थियो । तर त्यसको पुनःउपयोग हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमणमा भएका दुई देशबीचका आपसी सम्झौताहरुलाई स्मरण गर्न चाहन्छु । पछिल्लो समय चीनको विकास लोभ लाग्दो र प्रशंसानिय छ । नेपाल पनि विकासको सो गति समाउन चाहन्छ । चीनको अनुभवबाट विकासको क्षेत्रमा लाभ लिने अपेक्षा गरेका छौं । प्राविधिक सहयोग अन्तर्गत चीन सरकारले नेपाल सरकारलाई पारस्परिक सहमतिका विकास आयोजनाहरु कार्यान्वयन गर्न लामो समयदेखि अनुदान सहयता दिने प्रतिवद्धता गर्दै आएको छ । त्यसको लागि चीन सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । वैदेशिक साहयताको मापदण्ड,नीति र योजना बनाउने र वैदेशिक साहयता सम्बन्धि सुधारका एजेण्डाहरु अगाडि बढाउने नेतृत्व यहाँहरुले गरिरहेको सन्र्दभमा छ ।

वैदेशिक लगानी गर्ने मुलुकमा विश्वको उच्च स्थानमा छ । नेपालमा पनि चीनको वैदेशिक लगानी बढ्दै गएको छ । थप लगानी बढाउन र साहयात अभिवृद्धि हुने अपेक्षा गरेको छु । वैदेशिक लगानीलाई थप सहज र सरल बनाउन सुधारका धेरै प्रयासहरु अघि बढाएका छौं । भर्खरै ८ ऐन अध्यादेशमार्फत जारी गर्ने प्रक्रिया अघि बढाएका छौं । नेपालमा चीन सरकारको लगानी र साहयता आगामी दिनमा थप अभिवृद्धि हुने छ । स्वीकृत आयोजनाको कार्यान्वयन पनि छिटो हुने छ ।

हाम्रा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको अवस्थाको यर्थात हाम्रो सामु छ । चीन सरकारद्वारा सञ्चालित आयोजनाहरु तोकिएको समय भन्दा अगाडि नै सम्पन्न हुने गरेको छ । नेपाल चीन सरकारबीच सहयोग आदानप्रदान हुने केही समझदारी र मिटिङ माइनोटमा हस्ताक्षर गरेका छौं । अन्य केही महत्वपूर्ण समझदारी र रिङरोड दोस्रो खण्डको लेटरहेड एक्सचेन्ज लगायतका पत्र प्राप्त भएका छन् । उक्त समझदारी पत्रहरुमा हामीले कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यसमा समय लाग्ने भएकाले त्यसमा हस्ताक्षर हुन सम्भव भएन । चीन सरकारको अनुदान साहयता परिचान गर्ने सन्दर्भमा उच्च प्राथमिकता साथ चाँडै हस्ताक्षर गर्नेछौं ।’

सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताउनु भयो ।

उहाँले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले २०१९ को चीनका राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र गत वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका दुई पक्षीय सम्झौतालाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।

उहाँले चीन सरकारले गर्ने साहयता र अनुदान लगायतका सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।