२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

थ्रेसरमा परेर गम्भीर घाइते भएकी डोटीकी साउदलाई पूर्वमन्त्री आलेको आर्थिक सहयोग

थ्रेसरमा परेर गम्भीर घाइते भएकी डोटीकी साउदलाई पूर्वमन्त्री आलेको आर्थिक सहयोग
अ अ+ अ-

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले गहुँ चूट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भईएकी डोटीकी एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–३ का नारायण साउदकी श्रीमती चनादेवीको गहुँ च्ट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भएर हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइरहनुभएकी घाइते महिला साउदको पूर्वमन्त्री आलेले अस्पतालमै गएर स्वास्थ्य अवस्था बुझ्नुका साथै निजको उपचारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । घाइते साउदको टाउँकामा चोट लागेको बताइएको छ ।

डोटी लगायत समग्र सुदूरपश्चिमबाट गम्भीर प्रकृतीका बिरामी तथा चोटपटक लागेर घाइते भई उपचारका लागि काठमाडौँ लगायतका ठाउँमा आएकाहरुलाई पूर्वमन्त्री आलेले बिगतदेखि नै उपचारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

पूर्वमन्त्री आलेले बिरामीहरुलाई अस्पतालमै गएर भेट्ने तथा उपचारका लागि आर्थिक सहयोग गर्दै आएका कारण त्यहाँका बिरामी तथा उनीहरुका आफन्तले पूर्वमन्त्री आलेलाई बिरामी भएका विषयमा पहिलो जानकारी दिने गरेका छन् ।