९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित

प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित
अ अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राखेका छन् ।

नेपालले आज शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ । एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो । शुक्रवार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेलले ओमानमा नेपालका लागि सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका हुन् ।

उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि धारणा पनि राखे । ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे । वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीले प्रमाणित गर्ने अवसर रहेको बताए ।

उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे । कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन् । यहाँबाट छनोट नहुने खेलाडीले विश्वकप पछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने धारणा राखेका छन् । नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इण्डिज क्रिकेटसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।

ब्याटिङ युनिट आशाभन्दा कम देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्का लगायत केही सकारात्मक पक्ष ओमानमा आएका प्रशिक्षकको बुझाइ छ । मोन्टीले टियु मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राखे । वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्र्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे ।

उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो श्रृंखला राम्रो रहने आशा व्यक्त गरेका छन् । नेपालको पिच कन्डिसन केही स्लो रहेको पनि उनको बुझाइ छ । करिव १५ हजार दर्शकमाझ खेल्ने रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ । पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेस्ट इण्डिज एसँगको श्रृंखलाका लागि विनोद भण्डारी, लोकेश बम, कमल सिंह ऐरी र सागर ढकाल थपेको बताउनु भयो ।