९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

धवलागिरि हिमाल आरोहण टोली फर्कियो

धवलागिरि हिमाल आरोहण टोली फर्कियो
अ अ+ अ-

म्याग्दी। म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण फर्किएका हुन् ।

आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको पर्वतारोही टोली बिहीबार फर्किएको जानकारी दिनुभयो ।

“असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उहाँले भन्नुभयो, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेको शेरचनले बताउनुभयो । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेका थिए । उक्त टोलीले बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेको शेरचनले बताउनुभयो ।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ ।

पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् ।

चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चारवटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

गत वसन्तयाममा तीनवटा समूहका १२ महिला र १६ पुरुष र २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएको विभागको अभिलेखमा उल्लेख छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटक पनि फर्किएका छन् । बिहीबारदेखि पदयात्रा बन्द भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । पर्यटकयाम सुरु हुनै लागेको समयमा भोटेकोशी बाढी र भारी वर्षातका कारण धेरै पर्यटकले भ्रमण रद्द गरेको उहाँले बताउनुभयो । रासस