९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
अ अ+ अ-

धनगढी। हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ ।

गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताउनुभयो ।

किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी स्याउखेती गर्दै आउनुभएको छ । “व्यावसायिक रूपमा स्याउखेती गर्दै आउनुभएका रावलले स्याउको उत्पादन बढे पनि बजारको अभावमा किसान पीडामा छन्”, उहाँले भन्नुभयो, “यहाँका धेरै किसानले स्याउखेती गरेका छन्, किसानका बगैँचामा स्याउ राम्रो फलेको छ, तर बिक्री नहुने भएपछि लगानी र मिहिनेत खेर जाने अवस्था देखिएपछि धनगढी ल्याएको हुँ ।”

उहाँले आफू लगायत सात जना किसानको बगैँचामा उत्पादन भएको स्याउ सङ्कलन गरेर धनगढी ल्याएको बताउनुभयो । किसानले उत्पादन गरेको स्याउ सुरक्षित राख्ने ठाउँ नहुँदा बारीमै कुहिने तथा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले दुःखेको थियो ।

गाउँमा उत्पादन भएको स्याउको बजारको सुनिश्चतता, सङ्कलन केन्द्र, उचित मूल्य र शीतभण्डारको व्यवस्था भएको भए स्थानीय किसानको अर्थोपार्जनसँगै ठूलो राहत मिल्ने किसान रावलको भनाइ छ ।

रावलले गाउँमा बिक्री गर्न असहज भएपछि कालीकोट, दैलेख, सुर्खेत हुँदै तीन दिन लगाएर करिब आठ टन रेड, रोयल र गोल्डेन जातका स्याउ धनगढी ल्याउनुभएको हो । स्याउको मूल्य प्रतिकिलोग्राम रु १२० रहेको छ ।

रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गरिएको यो स्याउ बजारमा उपलब्ध अन्य जातको स्याउभन्दा रसिलो, सस्तो र स्वादिष्ट रहेको पाइएको छ । रासस