९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
अ अ+ अ-

सोलुखुम्बु। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्वमञ्चमा प्रतिध्वनित भएको छ ।

सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्नुभएका महासचिव गुटेरेसले तीव्रगतिमा पग्लिरहेका हिमनदी र बढ्दो जलवायु सङ्कटप्रति विश्वको ध्यानाकर्षण गराउँदै ‘विश्वको छाना खसिरहेको छ’, भन्ने शक्तिशाली सन्देश दिनुभएको थियो ।

उहाँले त्यसबेला नेपालले तीन दशकको अवधिमा आफ्नो करिब एकतिहाइ बरफ गुमाइसकेको र पछिल्लो दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको उल्लेख गर्नुभएको थियो ।

हिमालयका हिमनदीले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी उपलब्ध गराउने भएकाले त्यसको क्षयीकरण केवल हिमाली क्षेत्रको समस्या नभई विश्वव्यापी सङ्कट भएको उहाँको भनाइ थियो ।

तीन वर्षअघि सगरमाथाको काखबाट व्यक्त गरिएको उक्त चेतावनीलाई महासचिव गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा पुनः स्मरण गर्नुभएको छ । उहाँले त्यतिबेला आफूले दिएको चेतावनीप्रति विश्वले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउँदै जलवायु परिवर्तनको असर अपेक्षा गरिएभन्दा तीव्र रूपमा देखिइरहेको सन्देश दिनुभएको छ ।

गुटेरेसको उक्त चेतावनी सम्झँदै पर्यटनविद् आङछिरिङ शेर्पा भन्नुहुन्छ, “महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा आउनुभएको थियो । त्यस अवसरमा सगरमाथाको अगाडि रहेको एभरेस्ट भ्यु होटलमा उहाँलाई हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन, तीव्रगतिमा पग्लिरहेका हिमनदी, बढ्दो हिमताल, हिमपहिरो तथा हिमाली समुदाय र पर्वतीय पर्यटनमा परेको प्रभावबारे प्रत्यक्ष रूपमा ब्रिफिङ गर्ने अवसर मैले पाएको थिएँ ।”

उक्त भेटमा हिमाली क्षेत्रमा देखिएको परिवर्तन नेपाल वा हिमाली मुलुकको मात्र समस्या नभई सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको विश्वव्यापी सङ्कट भएको सन्देश विश्वसामु पुर्याउने प्रयास गरिएको शेर्पाले बताउनुभयो । “आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालबाट व्यक्त गर्नुभएको त्यही चेतावनी र सन्देश स्मरण गर्दा ३० अक्टोबर २०२३ को त्यो क्षण फेरि आँखा अगाडि झल्झली आउँछ”, उहाँले भन्नुभयो ।

त्यतिबेला सगरमाथा क्षेत्रबाट गुटेरेसले ‘विश्वको छाना खसिरहेको छ’ भन्दै दिएको सन्देश सामान्य अभिव्यक्ति नभई हिमालमा भइरहेको तीव्र परिवर्तनप्रतिको चेतावनी भएको शेर्पाको भनाइ छ । “त्यो वाक्य केहीलाई त्यतिबेला बढाइचढाइ गरिएको अभिव्यक्तिजस्तो लाग्न सक्छ । तर आज हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्, हिमताल बढिरहेका छन्, नयाँ जोखिम सृजना भइरहेका छन् । हिमपहिरो र बाढीका घटना बढिरहेका छन्”, शेर्पाले भन्नुभयो ।

हिमाली समुदाय र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष रूपमा प्रभावित भइरहेको छ । “त्यसैले त्यो केवल भावनात्मक अभिव्यक्ति थिएन, हिमालमा देखिइरहेको वास्तविक परिवर्तनप्रतिको चेतावनी थियो”, उहाँले भन्नुभयो ।

सगरमाथाको आधारबाट विश्वका नेताहरूलाई दिइएको गुटेरेसको उक्त सन्देश अहिले अझ सान्दर्भिक भएको पर्यटनविद् शेर्पाको भनाइ छ । नेपालका हिमालले विश्वलाई साहस, प्रेरणा, पानी, जैविक विविधता र प्राकृतिक सम्पदा दिएको उल्लेख गर्दै उहाँले हिमाल संरक्षणका लागि विश्व समुदायले पनि जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो तथा बाढीका घटनाले जोखिम बढाउँदै लगेका छन् । यस्ता घटनाले हिमाली बस्ती, पूर्वाधार, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पार्दै आएका पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताउनुभयो ।

हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा मात्र सीमित नरहेको विज्ञहरूको भनाइ छ । हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमा आश्रित दक्षिण एसियाका ठूलो जनसङ्ख्या र कृषि प्रणाली यसबाट प्रभावित हुनसक्ने भएकाले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई विश्वव्यापी जलवायु सङ्कटको महत्त्वपूर्ण सूचकका रूपमा हेरिँदै आएको छ । रासस