१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ना भएका थप १५ नेपालीको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।

रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ । पहिचान नभएका यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छ ।

रुस सरकारले फागुन २३ मा नेपाल दूतावासलाई पत्र पठाउँदै डीएनए नमुना पठाइदिन अनुरोध गरेको हो । ‘रुसी सेनामा कार्यरत नेपाली नागरिक भनिएकाको शवको पहिचानका लागि निज परिवारका सदस्यहरूलाई सम्पर्क गरी निजको आइडेन्टिफिकेसन मार्क एवं जेनेटिक टेस्टिङका लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना उपलब्ध गराइदिन रुसी परराष्ट्र मन्त्रालयको पत्रमार्फत अनुरोध भएको छ,’ मस्कोस्थित नेपाली दूतावासद्वारा कन्सुलर विभागमा पठाइएको पत्रमा उल्लेख छ ।

डीएनए परीक्षणका लागि १५ परिवारका सदस्यलाई कन्सुलर विभागले सम्पर्क गरिसकेको छ । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन पत्र प्राप्त भएको हो ।

डीएनए नमुना पठाइदिन पत्र पठाइएकामध्ये दाङका जितबहादुर पुन मगर र ओखलढुंगाका खोमबहादुर भुजेलका परिवारले कुशको शव बनाई दाहसंस्कार गरिसकेका छन् ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैनन् । उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।