९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

भाषा र संस्कृतिले जोड्दै नेपालीमन
अ अ+ अ-

काठमाडौँ । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।

चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको तथा तिहारमा देउसी खेलेको स्मरण गरेपछि सायद आ–आफ्नो जीवनसँग मेल खाएर होला सबैजना भावुक भएका थिए । “दसैँ आएपछि स्कुल छुट्टी हुन्थ्यो । दसैँका बेला घर सिङ्गारेर चिटिक्क पार्दा खुब आनन्द आउँथ्यो । हामीहरु र गाउँका हाम्रो उमेरका केटाकेटी निकै रमाउथ्यौँ । घरमा जमरा राखेपछि हरेक दिन बिहानै उठेर हेथ्र्यौं, कत्रा भए भनेर । पिङ खेल्ने र स्थानीय खानाका परिकारको अर्कै मज्जा । तिहारको भाइटीका तथा देउसीमा रमाएको सायदै कसैले बिर्सेको होला”, गीताले स्मरण गर्नुभयो ।

गीताको भन्दा कम भावाकुलता थिएन एक सय ८० वर्षअघि बर्मा पुगेका बाजेका चौथो पुस्ता लक्ष्मण न्यौपानेको अनुभव । उहाँले पहिलो पटक गत वर्ष नेपाल टेक्दाको बडो रोचक अनुभव सुनाउनुभयो । नेपाली भूमि टेक्दा भावुक भएर जमिन ढोगेका लक्ष्मणले विमानस्थलका कर्मचारीको गाली पनि मिठो लागेको प्रसङ्ग सुनाउनुभयो ।

“इमिगेरेसन लाइनमा थिएँ । एकजना कर्मचारी निकै कड्किएर आउनुभयो र कराउनुभयो– तपाईं नेपालीको लाइनमा नबसेर किन विदेशीको लाइनमा बसेको भनेर । प्रहरीले मसँग झर्किंदै गालीकै शैलीमा यसो भनिरहँदा पनि मेरो मनभित्र भने निकै मिठो लागिरहेको थियो । किन भने उहाँले मलाई नेपाली देखेरै नेपालीको लाइनमा बस्न भन्नुभएको थियो । तर त्यो गाली मलाई भने मिठो लागेको भयो ।”

उहाँले त्यो बेलैदेखि बर्मामा पुग्नुपरेका र हाल त्यहाँ रहेका नेपालीका अनेक कथा सुनाउनुभयो । नेपाली मूलका बर्मेलीको मठमन्दिर, देवालय, शिवालय, चौतारी, पोखरी, नेपाली चाडबाड र संस्कारमा हुने एकरुपताका जीवन्त कुरा र वास्तविकता उहाँले सुनाउनुभयो ।

उहाँ र त्यस कार्यक्रममा आफ्ना धारणा राख्ने विभिन्न देशमा रही आएका नेपाली भाषीहरुले दसैँका प्रचलन, तिहारको संस्कार र सयपत्री माला, लिङ्गे र रोटे पिङ, साउने सङ्क्रान्तीमा लुतो फाल्ने चलनदेखि मकर सङ्क्रान्तीको तरुल र चाकु, असार १५ को दही चिउरादेखिका नेपाली संस्कार झलझली याद आउने अनुभव सुनाए । उनीहरुले कोही बाध्यताले त कोही रहरले विश्वका विविध मुलुकमा पुगेको बताए पनि आफ्नो मातृ तथा पितृ भूमिको माया भने मुटुमै गाडिएर रहेको अनुभव साटासाट गरे ।

नेपाली मूलका र संसारका विभिन्न २७ देशमा छरिएर रहेका नेपालीभाषी जम्मा भएका थिए अघिल्लो साता थाइल्याण्डको राजधानी बैंककमा । यो अवसर जुराइदिएको थियो इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाले । यही अवसरको सदुपयोग गर्दै नेपाली भाषीहरुले पनि दिल खोलेर आफ्ना विगत बाँडे र मनका कुरा पोखे । अनि आफ्ना सन्ततिहरुलाई पनि नेपालीपन सिकाइरको बताए । उनीहरुको भाव थियो नेपाली भाषा र संस्कृतिले नै संसारमा छरिएर रहेका नेपालीभाषीलाई जोड्न सक्दछ ।

बैककमा पछिल्लो पुस्ता मात्र नभएर कम्तीमा तीन/चार पुस्तादेखि नै विदेश बस्दै आएका नेपाली मूलका र नेपालीभाषीहरु पनि जम्मा भएका थिए । तीमध्ये अधिकांशले नेपाल आएका अनुभव सुनाएका थिए भने कतिले पितापुर्खाले भनेसुनेका कुरा स्मरण गराएका थिए ।

कतिपय उनीहरु आफैँ त कति उनीहरुका पितापूर्खा जन्मिएको जन्मिएको माटो, आफ्नो जन्मघर, नेपाली संस्कार र संस्कृति, आफ्ना भोगाइ र परिवेश तथा भाषाका बारेमा एकापसमा चर्चा गरेका थिए । विश्वका विभिन्न मुलुकमा पुगेका ती नेपालीभाषीका सन्ततीले भूगोलको सीमाभन्दा पर पुगेर भावना र आफ्नोपनलाई फराकिलो पारेका थिए । विश्वका जुनसुकै मुलुकमा पुगे पनि नेपाली मन, नेपालीपन, नेपाली भाषा, साहित्य, कला र संस्कृति अँगाल्दै आफ्ना सन्तति र नयाँ पुस्तालाई यो मौलिकता हस्तान्तरण गर्ने हुटहुटी उनीहरुमा देखिन्थ्यो ।

यसै अवसरको सदुपयोग गर्दै यही भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर उनीहरुले नेपाली जातीय, सांस्कृतिक पहिचानलाई जीवन्त राख्न इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको अध्यक्षतामा एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० पनि गठन गरेका थिए ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गर्नुभयो ।

नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भई सङ्गठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गरी नेपालीबीचको सहयोग र समन्वयमा लाग्ने सो संस्थाका प्रतिनिधिहरुले बताएका थिए ।

एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्धरूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो । यो अभियान नेपाल, नेपाली जाति, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था भएको पनि स्पष्ट गर्नुभयो ।

उहाँको यो प्रतिबद्धतापछि त्यहाँ उपस्थित सबैले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यसै संस्थामार्फत काम गर्ने प्रण गरेका थिए ।

नेपालीभाषीका नाममा संसारका जुनसुकै देशमा जेजस्ता संस्था स्थापना भए पनि तथा उनीहरु सङ्गठित भए पनि नेपालीबीचको सहयोग, सद्भाव र समन्वयमा लाग्नुपर्ने सबैको सुझाव थियो ।

भेलामा जम्मा भएका एक सयभन्दा बढी सहभागीले यो अभियानलाई संसारका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीबीच पुर्‍याई उनीहरुलाई एकतृत गरेर भाषा र संस्कृतिका माध्यमबाट नेपाली जातीलाई एकताको एउटै मालामा गाँस्न आग्रह गरेका थिए ।

साथै आफ्नो मातृ तथा पितृभूमिमा टेक्दा नेपाली माटोले आफूहरुलाई चिन्न सक्ने वातावरण निर्माणका लागि यो अभियान लाग्नुपर्ने कामना तथा नेपाली भाषाका कारण धेरैभन्दा धेरै नेपाली जातिले नेपाली भूमि पछ्याउन सकुन् भन्ने आसय सो भेलाको थियो ।

कहाँसम्म छ नेपालीमनको भूगोल ? बर्मामा बसोबास गरेको चार पुस्ताका न्यौपानेदेखि थाइल्याण्ड हुँदै अरु देशमा बसोबास गरिआएकाहरुको नेपाली टोपी, नेपाली पोशाक र नेपाली साहित्यको अध्ययन तथा विद्यावारिधी देख्दा नेपालीमनको सिमाना संसारभर फैलिएको छ ।

यही भावनालाई समेटेर विश्वमा छरिएर रहेका नेपालीभाषीहरुलाई एकतृत गर्न एएनओजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । नेपालीमनहरुलाई जोड्ने सबैभन्दा बलियो औजार भाषा र संस्कृति नै हो । भाषा र संस्कृतिले निर्माण गरेको एकता अरु माध्यमबाट बनेकोभन्दा प्रभावकारी हुन्छ । यही सांस्कृतिक एकताले नै राष्ट्रियता कुनै पनि देशको भूगोलका चार सीमा र नागरिकताभन्दा बाहिर पुगेर पनि खोज्न र पाउन सकिन्छ भन्ने सन्देश दिनसक्छ ।रासस