काठमाडौं । काठमाडौं उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य दिन आज हनुमानढोका दरबार क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुँदैछन्।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा जीवित देवी कुमारीसहित गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्नुअघि हनुमानढोका दरबार क्षेत्रमा विभिन्न विशिष्ट पाहुनाहरूको आगमन भएको छ।
इन्द्रजात्राका अवसरमा कुमारी, गणेश र भैरवको रथलाई परम्परागत विधिअनुसार तानेर काठमाडौंका विभिन्न स्थानमा नगर परिक्रमा गराइन्छ। जात्रामा ठूलो संख्यामा श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने गर्दछ।
इन्द्रजात्रा काठमाडौंको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।

तस्बिर : नेपाल फोटो सर्भिस (NPS)








