९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा

पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रस्तुत गर्दै शर्माले मधेसवादी दलहरू विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा केन्द्रित भएको आरोप लगाउनुभयो । नेताहरूको केन्द्रीकृत सोच र अहंकारका कारण मधेस प्रदेशले अपेक्षाअनुसार विकास गर्न नसकेको उहाँको भनाइ थियो ।

शर्माले मधेस, थरुहट तथा उत्पीडित समुदायको राजनीतिलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको जेन–जी आन्दोलनपछि संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध मधेसी शक्तिहरूबीच एकताका लागि पटक–पटक प्रयास भए पनि केही नेतृत्वको हठ, अहंकार र पदप्रतिको आसक्तिका कारण एकीकरण हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले त्यसको परिणामस्वरूप गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस केन्द्रित दलहरू कमजोर अवस्थामा पुगेको दाबी गर्नुभयो । निर्वाचनपछि पनि एकीकरण र युवा पुस्तामा नेतृत्व हस्तान्तरणका प्रयास भए पनि केही नेताहरूले जनभावना र समयको मागलाई आत्मसात् नगर्दा पुनः एकीकरणको प्रयास असफल भएको उहाँको भनाइ थियो ।

शर्माले अब कुनै एउटा पुरानो पार्टी वा पुराना नेताको नेतृत्वमा मधेस, थरुहट र उत्पीडित समुदायको राजनीति अघि बढाउन सम्भव नरहेको बताउनुभयो । पुराना नेताहरूले विगतमा गरेका सकारात्मक कामको सम्मान गर्दै उनीहरूलाई मार्गदर्शक, सल्लाहकार र अभिभावकको भूमिकामा राखेर नयाँ पुस्ताको नेतृत्वमा साझा राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

सक्षम, इमानदार र योग्य युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै समयसापेक्ष मुद्दा, एजेन्डा, सिद्धान्त र मौलिक विचारका आधारमा अघि बढ्नुपर्ने शर्माको भनाइ थियो । साथै, नेपालको भूराजनीतिक अवस्थालाई सन्तुलित राख्दै मधेसको राजनीतिलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

शर्माले मधेसको राजनीतिलाई एकताबद्ध गर्दै पुनर्जागरण गर्ने उद्देश्यले ‘हुंकार मधेस’ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।