९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन
अ अ+ अ-

काठमाडाैँ । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो ।

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उहाँले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिनुभयो । प्रमुख राउतका अनुसार कूल १०६ मेगावाट क्षमताको कुलेखानी आयोेजनाको पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
जल सतह एक हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनीस्वरुप साइरन बज्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।