९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
अ अ+ अ-

काठमाडाैँ । आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ ।

औषधि उपलब्ध गराउने मात्र होइन, यसको सुरक्षित, सही र उचित प्रयोग सुनिश्चित गर्दे बिरामीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न फर्मासिस्टहरुको भूमिका महत्वपर्ण रहँदै आएको छ ।

दिवसको अवसरमा औषधि व्यवस्था विभागले शुभकामना सन्देश व्यक्त गर्दै फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्छ ।” दिवसको अवसरमा विभागले नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र सम्बन्धित सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा योगदान पु¥याउन आह्वानसमेत गरेको छ ।

यसैगरी नेपाल फार्मेसी सङ्घका महासचिव सुवर्ण राज पन्तले फार्मेसी पेशाको मर्यादा, व्यवासायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।