काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय च्यासल क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ।
शुक्रबार लगातारको वर्षाका कारण च्यासलस्थित खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ पार्टी कार्यालय पुगेर अवस्थाबारे जानकारी लिनुभएको हो।
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढिरहेको छ। सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।








