काठमाडौं । सप्तकोशी नदीको चतरा क्षेत्रमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले असोज ९ गते दिउँसो २ बजे सूचना जारी गर्दै सप्तकोशी चतरा क्षेत्रमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
महाशाखाले नदीको बहाव र जलसतहमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी डुबान भइरहने तथा नदी किनार आसपासका क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन भनिएको छ।