१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

तेस्रो अधिवेशनमा कम विधेयक बनेको भन्दै सांसदहरु असन्तुष्ट, एकअर्कालाई दोष

तेस्रो अधिवेशनमा कम विधेयक बनेको भन्दै सांसदहरु असन्तुष्ट, एकअर्कालाई दोष
file photo
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले महत्वपूर्ण विधेयकहरु पारित नगरी संसदको तेस्रो अधिवेशन अन्त्य भएको बताएका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले संसदको तेस्रो अधिवेशन पनि महत्वपूर्ण विधेयकहरु पारित नगरी अन्त्य हुनुपरेको बताएका हुन् । यद्यपी विधेयक पारित हुन नसक्नुमा राजनीतिक दलहरु नै जिम्मेवार रहेको सांसदहरुको भनाई छ । विधेयक पारित हुन नसक्नुमा सत्तापक्षले प्रतिपक्ष र प्रतिपक्षले सत्तापक्षलाई दोष देखाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सानाभन्दा साना विषयमा पनि संसद अवरोध गरेका कारण धेरै विधेयकहरु पारित हुन नसकेका बताउनु भयो । उहाँले सरकारबाट हट्नासाथ बिरोध गर्ने काँग्रेसको अलोकतान्त्रिक शैलीका कारण संसदले राम्रो काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सानाभन्दा साना विषयमा पनि संसदमा गतिरोध सिर्जना गर्ने, अवरोध सिर्जना गर्ने जुन मनशाय संसदमा देखियो । विशेषगरी प्रमुख प्रतिपक्ष र प्रतिपक्षका साथीहरुले संसदको महत्वपूर्ण कार्यभारलाई अगाडी बढ्नका लागि नै अवरोध सिर्जना गर्नका लागि जसरी प्रश्तुति देखाइरहनुभएको छ । व्यवहारहरु प्रदर्शन गरिराख्नुभएको छ । यो नै संसदको कानून निर्माणको चुनौतिको विषय बन्यो । सरकारमा रहँदा वा नरहँदाको व्यवहारमा संसदले खेल्नुपर्ने मुख्य काम र भुमिकामा अवरोध सिर्जना नगरौँ भन्ने प्रतिवद्धता जरुरी देखियो । सरकारबाट हट्ने बित्तिकै बिरोधको प्रक्रिया आरम्भ गर्नेकुरा लोकतान्त्रिक शैली भएन । अलोकतान्त्रिक चरित्र र शैलीका कारणले गर्दापनि संसदले आफ्नो काम ठिक ढंगबाट गर्न सकेन । काँग्रेसको बालहठको निरन्तरताले संसद महत्वपूर्ण काम टुंग्याएर स्थगित हुनुपर्ने । केही पनि गर्न नसकि रोकियो ।’

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकार संसदबाट भाग्नका लागि अधिवेशन अन्त्य गरिएको बताउनु भयो । उहाँले सरकारले लगानी सम्मेलनका लागि अध्यादेशबाट नियम ल्याउन लागेको भन्दै सो कुरा आफूहरुलाई मान्य नहुने बताउनु भयो । उहाँले संसदलाई बाइपास गरेर ल्याइने निर्णय आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरकार भाग्न खोज्यो सदनबाट । जहिलेपनि कम्युनिस्ट पार्टीहरु सरकारमा हुँदाखेरी सदनलाई छलेर सरकार बाहिर भाग्ने परिपाटीको विकास भएको छ । यो संसद नै सरकारको मुहान हो भन्ने कुरालाई बिर्सियो । संसद नभइकन सरकार निर्माण हुँदैन । संसदलाई बाइपास गरेका निर्णय हामीलाई अमान्य हुनेछन् । एकातिर लगानी सम्मेलन गर्छु भन्ने, लगानी सम्मेलनमा अध्यादेशबाट नियम ल्याउने यो घोर आपत्तिजनक कुरा छ । हामी यसको छिनोफानो सदनमै बसेर फेरि गर्छौं ।’

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बजेट अधिवेशनको तयारीका लागि संसदको चालु अधिवेशन अन्त्य गरिएको बताउनु भयो । उहाँले विधेयकहरु पारित गर्ने कुरामा संसदका दलहरुका बीचमा सहमती जुट्नुपर्नेमा त्यस्तो हुन नसकेका कारण संसदले धेरै विधेयक पारित गर्न नसकेको बताउनु भयो । संसदलाई सुचारु गर्ने कुरामा प्रमुख प्रतिपक्ष दलको भुमिका कम भएको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘भागेको होइन । स्वभाविक रुपमा यो अधिवेशन अन्त्य गरेर बजेट अधिवेशनको शुरुवात गर्नुपर्ने हुन्छ । प्रक्रिया र विधिको हिसावले पनि । भागेको भन्दापनि प्रक्रिया र विधि प्रयोग गर्नका निम्ति स्थगित भएको हो । छिट्टै संसद खुल्छ । सरकारले विधेयक ल्याउने हो । दलहरुका बिचमा सहमति हुनुपर्छ । दलहरुका बिचमा सहमति भएको भएदेखि छिट्टै कामहरु अगाडी बढ्थे होला । प्रतिपक्षले पनि संसद रोक्नेतिर जानुभयो । बोलेर, विषय प्रस्तुत गरेर, आफ्ना मुद्दाहरु राखेर संसदलाई सुचारु गराउनेतिर गएको भए हुन्थ्यो । कुनैपनि हालतमा संसद चल्न नदिनेतिर उहाँहरु जानुभयो । त्यो सहि तरिका होइन । लोकतान्त्रिक संस्कार, परम्परा अनुसार सरकारले बिजनेश दिने हो । बिजनेशमा छलफल चलाएर टुंगो लगाउने काम सदनको हो । त्यसमा प्रतिपक्षको पनि भुमिका हुनुपथ्र्यो । प्रतिपक्षको भुमिका कम भयो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुराना राजनीतिक दलहरुको असंसदीय गतिविधिका कारण संसद बन्दी भएको बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई संसदमा अस्वीकृत गरेर संसदलाई गतिहिन बनाइएको बताउनु भयो । उहाँले आगामी बजेट अधिवेशनमा पनि विधेयकको काम हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विधेयकमा कामहरु भएका छन् । यो अधिवेशन मुलत: विधेयक अधिवेशन भएको भएर यहीँबाट धेरै कुराहरु भएको भए हुन्थ्यो भन्ने यहाँको सरोकार असाध्यै राम्रो छ । तर बजेट अधिवेशनमा पनि यसका काम हुन सक्छन् । संसदको गतिरोध लामो समयसम्म राजनीति गरेका र आफुलाई राजनीतिमा अभ्यस्त भनिएका पार्टीहरुको असंसदीय गतिविधि र संसदलाई बन्दी बनाउने काम र व्यक्तिलाई दोष लगाएर, व्यक्तिलाई अस्वीकृत गरेर संसदलाई नै गतिहिन बनाउने कारण हो । त्यो कारणले आज यो अधिवेशन टुंगिएको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदको चालु अधिवेशन सकिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हिउँदे अधिवेशन सकियो । यो नियमित कुरा हो । पहिलेदेखि भइआएको कुरा हो । यसमा कुनै नौलो विषयवस्तु छैन । सरकारले जुन कुरा माग पुरा गर्नुपथ्र्यो त्यो गर्दै गर्दैन । यस्तो सरकार छ कि बहुमत हुँदाहुँदै पनि आफैँ विश्वासको मत लिँदै हिँड्छ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मर बहादुर थापाले विधेयक बनाउनका लागि संसदको ध्यान गम्भीरतापूर्वक जान नसकेको बताउनु भयो । उहाँले कानून बनाउने मुल दायित्व बिर्सेर संसदमा अन्य विषयमा मात्रै लडिराखिएको बताउनु भयो । उहाँले कानून निर्माणको सन्दर्भमा दलहरुको कमी, कमजोरी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विधेयकको विषयमा गम्भीरतापूर्वक जानुपथ्र्यो सदन, जाँदैन । अन्य लफडामा मात्रै लागिराख्ने । हाम्रो दायित्व कानून बनाउने हो । विधेयकहरुलाई पास गरेर छिटोभन्दा छिटो कानूनमा रुपान्तरण गर्ने काम हाम्रो हो । यसमा कमी, कमजोरी भएका छन् । समितिको बैठक पनि कोरम नपुग्ने स्थिति छ । माननीयहरु जिल्ला जाने क्रम पनि छ ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग कुनै भिजन नभएका कारण संसदबाट विधेयकहरु पारित हुन नसकेका बताउनु भयो । उहाँले दलका नेताहरुलाई बोल्न नदिइकन संसदको अधिवेशन अन्त्य गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘न सत्तापक्षसँग भिजन छ । न प्रमुख विपक्षीसँग भिजन छ । आज संसद टुंग्याइयो, प्रमुख विपक्षीलाई बोल्नै नदिइकन । सबै दलहरुलाई बोल्न दिनुपर्छ नि । समिक्षा हुनुपर्‍यो । बोल्नै दिइएन । संसदमा सत्तापक्ष र प्रमुख विपक्ष काबिल नहुुँदाखेरी देश र जनतालाई दु:ख भएको हो ।’

उहाँले संसदमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष काबिल नहुँदा देश र जनतालाई दु:ख भएको बताउनु भयो ।