• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

अक्षयपछि गोविन्दालाई पनि कोरोना संक्रमण



एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बलिउड कलाकारहरु पनि एकपछि अर्को गर्दै कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

यसको चपेटामा अभिनेता गोविन्दा पनि परेका छन् । उनलाई सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यता गोविन्दाले भने कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको  बताएका छन्। संक्रमणपछि उनी क्वारेन्टिनमा बसेका छन् ।

उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ। गोविन्दाकी श्रीमती सुनितालाई केही हप्ताअघि कोरोना संक्रमण भएको थियो। हाल उनी निको भइसकेकी छन् । 

बलिउडमा रणवीर कपुर, आलिया भट्ट, अक्षय कुमार, आमिर खान, आर माधवन, मनोज वाजपेयी, वरुण धवन, अमिताभ बच्चन र उनको परिवार लगायत कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।