९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षयपछि गोविन्दालाई पनि कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बलिउड कलाकारहरु पनि एकपछि अर्को गर्दै कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

यसको चपेटामा अभिनेता गोविन्दा पनि परेका छन् । उनलाई सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यता गोविन्दाले भने कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको  बताएका छन्। संक्रमणपछि उनी क्वारेन्टिनमा बसेका छन् ।

उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ। गोविन्दाकी श्रीमती सुनितालाई केही हप्ताअघि कोरोना संक्रमण भएको थियो। हाल उनी निको भइसकेकी छन् । 

बलिउडमा रणवीर कपुर, आलिया भट्ट, अक्षय कुमार, आमिर खान, आर माधवन, मनोज वाजपेयी, वरुण धवन, अमिताभ बच्चन र उनको परिवार लगायत कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।