योजनाअन्तर्गत ग्राहकले ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। देशभर रहेका एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत ग्राहकले यो सुविधा लिन सक्नेछन्।
योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक तथा निःशुल्क सर्भिसिङको व्यवस्था पनि गरेको छ। योजनाको अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। यसका साथै ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले नेपालभर रहेका एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एप (SIPRADI STAR App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेसँगै ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।
योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले कम्पनीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५५७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सक्नेछन्।








