२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान
अ अ+ अ-

काठमाडौं । बनेपाको चारदोबाटोमा आज खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ६१ जनाले रक्तदान गर्नुभएको छ । प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बिरामीलाई आवश्यकपर्ने रगतको अभाव हुन नदिन उद्देश्यले रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । ‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको सहयोग तथा लायन्स क्लब अफ काभ्रेको समन्वयमा रक्तदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रवीन कार्की, प्रहरी नायब उपरीक्षक रविन विष्ट, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापालगायतको उपस्थिति थियो ।

दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई रगत आवश्यकपर्ने भएकाले रक्तदान महत्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन विष्टले बताउनुभयो ।

रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले बिरामीलाई आवश्यकपर्ने रगत रक्तदाताबाटै सङ्कलन गर्नुपर्ने उहाँले बताउनुभयो ।