२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात
फाइल फोटो
अ अ+ अ-

उदयपुर। जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ ।

जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूले बताए।

उनका अनुसार गत आव जिल्लामा सबैभन्दा धेरै सुँगुर–बङ्गुरको मासु उत्पादन भएको छ। उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो ।

त्यसैगरी, खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो । भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ ।

गत आव २०८२/८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ । यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो ।

भेटेनरी अस्पतालका प्रमुख लिम्बूका अनुसार उदयपुरमा अघिल्लो आवमा वार्षिक तीन प्रतिशतको दरले मासु उत्पादन दर बढेको छ । आव २०८१/८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको थियो ।

तथ्यांकअनुसार आव २०८०/८१ को तुलनामा २०८१/८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो । तर, त्यसपछिको आवमा उत्पादन उल्लेख्य बढेको छ । पछिल्लो एक वर्षमा मासु उत्पादन करिब २।९२ प्रतिशतले वृद्धि भएको हो ।

केन्द्रका प्रमुख लिम्बूले जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको बताए । “हाम्रो तथ्यांकअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ । बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ”, उनले भने। उनका अनुसार उदयपुरमा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ । सुनसरीको बराह क्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा आउने गरेको उनले बताए

दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बङ्गुर जिल्ला बाहिर बढी बिक्री हुने गरेको छ । चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुने गरेको उनको भनाइ छ । रासस