काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मधेशी खुला समूहमा अनिल रुंगटा सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
३ हजार ९ सय मत गणना हुँदा रुंगटाले २ हजार १५५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका रामकृष्ण यादवले १ हजार ७३८ मत प्राप्त गरेका छन् भने डा. गरिब दास ठाकुरले १ हजार ७३६ मत पाएका छन्।
त्यस्तै, दिनेश यादवले १ हजार ५७८, जितेन्द्र देवले १ हजार ५३६ र अशर्फी साहले १ हजार ५१४ मत प्राप्त गरेका छन्।
यसैगरी, अशोक कुमार शाहले १ हजार ३३९, उमेशचन्द्र यादवले १ हजार ३००, मिथलेश मिश्राले १ हजार १६९, जंगिलाल रायले १ हजार ८४ र परमेश्वर साहले १ हजार ७० मत प्राप्त गरेका छन्।
त्यसैगरी, श्रीप्रसाद राउतले ८१२ मत र लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन्।
मधेशी खुलातर्फको मतगणनामा रुंगटा अन्य उम्मेदवारभन्दा उल्लेख्य मतान्तरसहित अगाडि देखिएका छन्। प्रस्तुत मतपरिणाम ३ हजार ९ सय मत गणना हुँदासम्मको हो।








