काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।








