काठमाडौँ, २९ असोजः परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त हुनुभएकोमा राजदूत लिस्टयोवतीलाई बधाई दिनुहुँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी गर्नुभएको थियो ।









